आफ्नो विश्वास पात्र शाहीलाई कर्णालीको विवाद मिलाउन प्रचण्डले सुर्खेत पठाए

फाइल फोटो

सुर्खेत । सत्तारुढ केन्द्रीय गठबन्धनले कर्णालीलाई एमालेको भागमा पारेपछि कर्णालीको माओवादीभित्र चरम असन्तुष्टि पैदा भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले केन्द्रको निर्णय विरुद्ध आज विश्वासको मत लिने बताइरहेका छन् ।

यहाँ सांसदहरू एकातिर र पार्टी एर्कातिर बनेको छ । प्रदेशको विवाद मिलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विश्वास पाात्र पूर्व मुख्यमन्त्री एवम् माओवादीका प्रभावशाली युवा नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन् । शाही वीरेन्द्रनगरमा पुगेर पनि छलफल चलाउन सुरु गरेका छन् ।

अहिले मुख्यमन्त्रीको निवासमा शाहीसहित माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, मुख्यमन्त्री शर्माबिच छलफल चलिरहेको छ । प्रदेश अध्यक्ष विमला केसी भने त्यहाँ उपस्थित नरहेको स्रोतले बतायो ।