सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेँलले आसन्न मंसिरमा हुँने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदले तोकेको मितिमा नहुँन सक्ने बताएका छन् ।
शनिवार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको ‘दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी सम्बन्धि सरोकारवालासँग छलफल तथा परामर्श’ कार्यक्रममा सहभागि भएका मुख्यमन्त्री कडेँलले राष्ट्रिय खेलकुद परिषदले आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको लागि तोकेको मिति अन्तिम नभई प्रस्तावित मात्र भएकाले पछिल्लो समय राजनिति घटनाक्रम बदलिएको हुँनाले यो मितिमा प्रतियोगिता नहुँन सक्ने बताएका हुँन् ।
‘दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक हामि होइनौ संघीय सरकार हो,’ ‘मुख्यमन्त्री कडेँले भने, ‘अहिले हामिले तातिन जरुरी छैन । यसको लागि संघीय सरकारसँग छलफल गरेर हामि टुङ्गोमा पुग्ने छौ ।’
प्रतियोगिताको लागि हतारिएर नहँुने भन्दै उनले कर्णाली प्रदेश सरकारले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मागे जति बजेट व्यवस्थापन गर्न नसक्ने समेत स्पष्ट पारे । कर्णाली सरकार अन्य प्रदेशका ठुलो व्यपारी भन्दा कमजोर आयश्रोत भएको भन्दै कडेँलले कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई जुन बजेट सीमा दिएको छ त्यहि बजेटमा सबै व्यवस्थापन गर्न निर्देशन दिए । तर खेलाडीलाई भने निराश नबनाउने उनले बताए । यता कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भने आफ्नो पदभार ग्रहणको पहिलो निर्णय नै दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि अपुग १६ करोड बजेटको व्यवस्थापन गर्ने निर्णय गरेका छन् ।
कर्णाली प्रदेशमा खेल आयोजना गर्ने कुरा खेलकुद परिषदको मात्र नभएर कर्णालीकै प्रतिष्ठा भएको भन्दै उनले कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई हिजोको जस्तो गरी खेल गतिविधि गर्न नदिने बताए । उनले अबका दिनमा खेलकुद परिषदले जे काम गर्दा पनि आफ्नो परामर्श लिनु पर्ने समेत बताएका छन् ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले कर्णाली प्रदेश खेलकुद क्षेत्रमा पछि पर्नुको कारण भने प्रतियोगिता आयोजना नहुँनु भएकाले अब आउने दिनमा कर्णाली प्रदेशमा ठुला प्रतियोगिता आयोजना गर्नु पर्ने बताए ।
विभागिय मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशमा खेलकुद आयोजना गर्ने र पदक जित्ने जिम्मेवारी कर्णाली प्रदेशको काँधमा भएको भन्दै कर्णालीले खेल्ने मात्र नभई जित्ने पनि हो भन्ने पहिचान दिनु पर्ने बताए । विभागिय मन्त्रालयको तर्फबाट दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीको लागि थोरै लगानीमा धेरै उपलब्धि ल्याउनु पर्ने भएकाले व्यवस्थापनमा कुनै कमि हुँन नदिने बताए ।
पूर्णसिङ बम । १ भाद्र २०८१, शनिबार १८:४८