सुर्खेत । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ले आफुहरुले माओवादी पार्टी फुटाएर गल्ति गरेको भन्दै अब माओवादीहरु एक हुँने बेला आएको बताएका छन् ।
बुधवार कालिकोट रास्कोटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता चन्दले पछिल्लो समय प्रतिक्रियाबादी र सामान्तबादीहरु माओवादीहरुलाई सिद्याउन लागिपरेको भन्दै उनले अब माओवादीहरु ०६४ को शक्ति ल्याएर आउने बताए ।
‘जनयुद्धसँगै लड्यौ रुदासँगै रोयौ हाँस्दासँगै हाँस्यौ तर काठमाडौंलाई बदल्न भनेर गएका हामि माओवादीहरु केहि कुरा नमिल्दा फुट्यौ त्यसको लागि हामि आत्मालोचित हुन चाहान्छौ,’विप्लवले भने,‘हामि काठमाडौ गइसकेपछि तपाईहरुलाई धेरै ठुलो दुख दियौ ।’
नेपालमा कसैले परास्त गर्न नसकेको साशकलाई माओवादीले परास्त गरेर यो देशमा गणतन्त्र आएको भन्दै उनले अब गणतन्त्रको विकल्प कसैले खोज्छ भने ५२ साल दोहोरिन सक्ने चेतावनी दिए ।
विप्लबले धेरैलाई माओवादी फुटेको भन्दा जुटेको हेर्न मन भएको भन्दै आफुहरु सकिनको लागि नफुटेको स्पष्ट पारे । माओवादीले एक युगको अन्त्य गरेको छ त्यो भनेको जनताको जित हो विप्लबले भने,’हामिहरु प्रतिक्रियाबादीहरुलाई खुसी बनाउनको लागि फुटेका होइनौ ।’
विवशकुमार सेजुवाल । १४ फाल्गुन २०८१, बुधबार २१:५२