सुर्खेत । कालिकोट पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ले आफु शहिद तथा वेपत्ता परिवारको साथमा रहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) पचालझरना गाउँपालिकाले आयोजना गरेको शहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले यस्तो बताएका हुन् । माओवादी जनयुद्वमा शहिद तथा वेपत्ता योद्धाहरुको योगदान नभएको भए राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना नहुँने भन्दै शहिद तथा वेपत्ता योद्धाहरुको योगदानको स्मरण गरे ।
‘ठुलो बलिदानबाट प्राप्त संघीयतालाई सक्नको लागि संघीयता विराधीहरु सलबलाइरहेका छन् । यसको लागि सबै हामि एक हुन जरुरी छ,’अध्यक्ष शाहीले भने,‘अहिलेको जुन परिवर्तन भएको छ त्यो परिवर्तनको मुख्य जग भनेकै माओवादी जनयुद्व हो ।’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला जनयुद्वमा ज्यान गुमाएका शहिदहरुलाई राष्ट्रिय शहिदको रुपमा घोषणा गरिएको भन्दै भन्दै अध्यक्ष शाहीले कर्णाली प्रदेश सरकारमा पनि कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्रीको रुपमा महेन्द्र बहादुर शाही रहेका बेला शहिद परिवार र घाइतेहरुलाई राहत दिन सुरु गरिएको बताए ।
‘पछिल्लो समय राजनीति स्वास्र्थका लागि शहिद परिवारलाई विभाजन गर्न धेरै भ्रम फैलाउने काम भएको छ । त्यो भ्रममा नपर्न शहिद तथा वेपत्ता परिवारलाई म अनुरोध गर्दछु,’अध्यक्ष शाहीले भने,‘तपाईको साथमा हामि छौ हाम्रो साथमा तपाई हुनु पर्छ ।’
कालिकोट जिल्ला ०६४ सालको निर्वाचनपछि माओवादीको कब्जामा रहेको भन्दै उनले पचालझरना गाउँपालिका झन सबै राजनीति दल एकातिर माओवादी मात्र एक भए पनि माओवादीले जित निकाल्दै आएको बताए । गाउँपालिकाबाट माओवादी जनयुद्वमा ४६ जनाले रगत बगाएका छन् । शहिदले देखाएको बाटोमा अघि बढ्ने छौ र शहिदलाई भुल्ने छैनौ,’उनले भने ।’
झिल्को खबर । १९ फाल्गुन २०८१, सोमबार २०:३८