जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको गाडी दुर्घटना, सात जना घाइते

जुम्ला । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा सात जना घाईते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र–१०, गोलुवा भन्ने स्थानमा शुक्रबार विहान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका हुन् ।

बा. १ झ ०९७६ नम्बरको फोर्स अनियन्त्रित भई करिब १०० मिटर तल खसेको हो । दुर्घटनामा पाँचजना गम्भीर र दुईजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनास्थल कालिकोटमा भएको जानकारी त्यहाँको प्रहरी कार्यालयबाट प्राप्त भएको हो । अहिले कालिकोटबाट प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।