

सुर्खेत । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनमा कर्णाली प्रदेशबाट पहिलो पटक केन्द्रीय पदाधिकारी सचिव पदका लागि उमेदवारी दिएका यामलाल कँडेल निर्वाचित भएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता कँडेलले ११ सय ८५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनि नेकपा (एमाले)को इतिहाँसमा कर्णालीबाट प्रतिनिधित्व गर्ने पहिलो पदाधिकारी बनेका छन् ।
यसअघि १०औँ महाधिवेशनसम्म कर्णालीमा योग्य नेता हुँदाहुँदै पनि केन्द्रीय पदाधिकारी तहबाट वञ्चित हुँदै आएको थियो । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट कँडेलले सचिव पदको लागि उमेदवारी दिएका थिए ।
यस्तो छ कँडेलको राजनीति यात्रा
२०३६ सालमा किसान आन्दालनबाट राजनीतिमा प्रवेश
२०४० शंकरदेव क्याम्पसमा अनेरास्ववियु उम्मेदवार पराजित
९ महिना बन्दी जीवन २०४२÷०४३
२०४० देखि २०४६ काठमाडौं उपत्यकाको विद्यार्थी कमिटीमा क्रियाशिल
२०४९ प्रथम महाधिवेशनबाट सुर्खेत जिल्ला सचिव
२०४९ मा वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा निर्वाचित
२०५१ मध्यावति निर्वाचनबाबट प्रतिनिधि सभा सदस्यमा निर्वाचित
२०५१ मा एमाले भेरी अञ्चल सचिव
२०५४ एमाले विभाजन पछि मालेमा आवद्ध पर्यटन तथा नागरिक उड्डयन मन्त्री
२०५६ संसदीय निर्वाचनमा मालेको तर्फबाट उम्मेदवार पराजित
२०६४ संविधान सभा सदस्य निर्वाचित
२०७० संविधान सभा सदस्य उम्मेदवार पराजित
२०७४÷०७९ प्रदेशसभा सदस्य सुर्खेत २ (क)बाट प्रत्यक्ष निर्वाचित
हाल नेकपा (एमाले)को तर्फबाट कर्णाली प्रदेशको मुख्यमन्त्री ।

झिल्को खबर । ३ पुष २०८२, बिहीबार १५:३२