सुर्खेतमा कोइला बालेर सुतेका एकै परिवारका तीनजना बेहोस, एक शिशुको मृत्यु

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कोइला बालेर सुतेका एकै परिवारका तीनजना बेहोस अवस्थामा फेला परेका छन् भने एउटा शिशुको मृत्यु भएको छ।

सुर्खेतको भेरीगंगा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर–१२ स्थित मानबहादुर चन्दको घरमा कोठा भाडामा बस्दै आएकी अन्दाजी ३०÷३२ वर्षीया तारा बुढा, उनकी भदैनी अन्दाजी १२/१३ वर्षीया संगम बुढा, १० वर्षका छोरा प्रकाश बुढा र ३८ दिनकी छोरी प्रतिक्षा बुढा कोठाभित्र कोइला बालेर सुतेका थिए।

कोइला बालेर सुतेका एकै घरका परिवार बिहीबार बिहान करिब ९ः४५ बजेसम्म नउठेपछि घरधनीले बोलाउँदा तीनजना कोठा भित्र बेहोस र एउटा ३८ दिनको शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी श्याम प्रकाश यादवले जानकारी दिए ।

बेहोस अवस्थामा रहेका तीनजनालाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा खटिएर मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शिशुको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।