सुर्खेत, नेकपा माओवादी केन्द्र सुर्खेतले आफ्नो पार्टीको तर्फबाट प्रदेश सभा र प्रतिनिधि सभाका सम्भावित उम्मेदवारहरुको सिफारिस नामावली टुङ्गो लगाएको छ ।
सिफारिसमा परेका नामहरुमा केहि पुराना अनुहार छन् भने केहि नयाँ थपिएका छन् । पुराना दाहोरिने अनुहारहरुमा प्रतिनिधि सभा २ प्रदेश ‘ख’ प्रदेशसभा प्रतक्षतर्फ पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट, प्रतिनिधि सभा १ बाट प्रत्यक्षतर्फ पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपाली र प्रतिनिधि सभा २ को समानुपातिक तर्फ कर्णाली प्रदेश सभा उपसभामुख पुष्पा धर्ति विष्ट सिफारिस भएका छन् ।
एकल सर्वसम्मत सिफारिस हुनेमा प्रतिनिधि सभा २ बाट प्रत्यक्षतर्फ माओवादी केन्द्रका केन्द्रिय समिटी सदस्य एवं जिल्ला इन्चार्ज समेत रहेका झक बहादुर मल्ल ‘सुदिप’ रहेका छन् ।
नयाँ अनुहारहरुमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को प्रदेशसभा (ख) बाट प्रत्यक्षतर्फ नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटी उपाध्यक्ष समेत रहेका कृष्ण जिसी (जितेन्द्र) सिफारिस भएका छन् भने निर्वाचन क्षेत्र २ प्रदेशसभा (क) प्रदेश सभा तर्फ रत्नबहादुर गाहा मागर सिफारिस भएको जिल्ला इन्चार्ज झक बहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधि सभा २ को प्रदेश ‘ख’बाट नयाँ अनुहारमा अनेरास्ववियु क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष पन्चा सिंह र गङ्गा राम बि क पनि सिफारिस भएका छन् ।
झिल्को खबर । १८ भाद्र २०७९, शनिबार २२:२०