सुर्खेत । कर्णालीमा नयाँ नयाँ पर्यटकीय स्थलहरुको खोजी गर्दै हिडेकी सिर्जना सिज्जु सम्मानित भएकी छन् ।
सिर्जना सिज्जुले पर्यटकीय सम्भाव्यता बोकेको कर्णाली प्रदेशका विविध स्थलहरुको खोज तथा अनुसन्धान कार्यमा संलग्न रहेर कर्णालीका पर्यटकीय स्थलहरुलाई भिडियो भ्लक मार्फत समेट्दै नेपालको आन्तरिक पर्यटन प्रबद्र्धनमा योगदान पु¥याएका कारण सम्मान गरेको आयोजक सस्था टुरिजम रिसर्च एण्ड ट्रेनिङ्ग इन्स्टिच्यूटले जनाएको छ ।
आयोजक सस्था टुरिजम रिसर्च एण्ड ट्रेनिङ्ग इन्स्टिच्यूटले ११ हजार नगद सहित सम्मान गरको हो ।
आफुलाई सम्मानित गरेकोमा आयोजक सस्था टुरिजम रिसर्च एण्ड ट्रेनिङ्ग इन्स्टिच्यूटलाई सिर्जना सिज्जुले धन्यावाद दिइन् । आफ्नो जीवनको यो पहिलो सम्मान भएकोले आफुलाई यसले काम गर्नमा झन् हौसला मिलेको उनले बताइन् । ‘म काम गर्दै हिड्ने मान्छे हो म सम्मान नै पाउला भनेर मैले यो काम रोजेकी पनि थिइन तर काम गर्दै गए पछि जीवनमा मिठो पल पनि आउने रहेछ,’ ‘सिर्जना सिज्जुले भनिन् , ‘लुकेर रहेका कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुको प्रचार गर्ने मेरो मेरो प्रयास जारी रहनेछ,।’
सिर्जना सिज्जु केहि बर्ष यता कर्णाली प्रदेशमा रहेका नयाँ नयाँ पर्यटकीय गन्तव्य खोज्दै हिडिरहेकी छन् ।
झिल्को खबर । ३१ भाद्र २०७९, शुक्रबार १७:१४