सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्वर खड्काको अगुवाइमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका इत्राम ७ मा रहेको जेष्ठ नागरिक सेवा समाजमा आइतवार निशुल्क स्वास्थ्य चेकजाँच सम्पन्न भएको छ ।
कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गरिएको जेष्ठ नागरिक सम्बन्धि स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण तालिममा सहभागि भएका स्वास्थ्यकर्मीहरुको सहभागितामा उक्त ठाउँमा निशुल्क स्वास्थ्य चेकजाँच गरिएको उक्त तालिमका प्रशिक्षक समेत रहेका डा.सुवर्ण भण्डारीले जानकारी दिए ।
सामाजिक विकास मन्त्रालय मानव संसाधन केन्द्रले अनलाइन माध्यमबाट विगत २४ दिन देखि संचालन गर्दै आएको उक्त तालिम ६ दिन अघि देखि कर्णाली प्रदेश राजधानी सुर्खेतमा कर्णालीका दश वटै जिल्लाका स्वास्थ्यकर्मीहरुको सहभागितामा भौतिक रुपमा संचालन हुदै आएको प्रशिक्षक भण्डारीले जानकारी दिए ।
डब्लु एचओले संचालन गर्दै आएको जेष्ठ नागरिक हेरचाह कार्यक्रम अन्तरगत सामाजिक विकास मन्त्रालय मानव संसाधान केन्द्रले काम गर्दै आएको हुनाले यो तालिम पछि कर्णालीका जेष्ठ नागरिकहरुको स्वास्थ्यमा निकै ठुलो सहयोग पुग्ने प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्वर खड्काको बताए ।
झिल्को खबर । ५ चैत्र २०७९, आईतवार २१:४३