सुर्खेत । कालिकोट पचालझरना गाउँपालिमा ग्रामिण अन्ट्रासाउण्ड कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
फागुन २८ देखि शुरु गरिएको ग्रामिण अन्ट्रासाउण्ड कार्यक्रमले गाउँपालिका भरीका गर्भवती आमाहरुको नर्मल स्वास्थ्य चेकजाँचको लागि निकै प्रभावकारी भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष देवराज शाहीका अनुसार पालिकाको नानीकोट र बदालकोट स्वास्थ्य चौकीमा महिनाको १ दिन गर्भवती आमाहरुलाई भिडियो एक्सरे मार्फत सेवा दिने र वडा नं. ४ को राम्नाकोटबाट भने निरन्तर सेवा प्रादान गरिने छ ।
बुधवार बदालकोट स्वास्थ्य चौकीमा गरिएको चेकजाँचमा २५ जना गर्भवती आमाहरुले सेवा लियका छन् ।
अब आउने दिनहरुमा प्रत्येक महिनाको ८ गते खोप कार्यक्रम पनि सोहि संस्थामा संचालन हुने भयकाले सोहि दिन ग्रामिण यक्सरे कार्यक्रम मसेत सन्चालन हुने छ । उक्त कार्य योजना अनुसार नै विहिवार नानिकोट स्वास्थ्य चौकीमा सेवा दिने कार्यक्रम रहेको अध्यक्ष शाहीले जानकारी दिए ।
झिल्को खबर । ८ चैत्र २०७९, बुधबार २२:४५