सुर्खेत । नेकपा (माओवादी केन्द्र)का उप महासचिव एवं पूर्व अर्थमन्त्री प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले कर्णाली प्रदेश अब आउने दिनमा खेल पर्यटनको हब बन्ने बताएका छन् ।
मंगलबार कर्णाली प्रदेश गौरबको आयोजना प्रदेश रंगशालाको अनुगमन गर्दै नेता शर्माले यस्तो बताएका हुन् । कर्णाली प्रदेशले खेलकुद पूर्वाधारको नेतृत्व गरेर भन्दै अब कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीले गर्न सक्छ भन्नेमा आफु विश्वस्त रहेको बताए ।
‘रंगशाला बन्नेमा कुनै संका छैन । अब यसको सर्पोटमा जुम्ला र हुम्लामा हाइअल्चीच्यूट रंगशालाको आवश्यक रहेको र पश्चिम रुकुममा बन्न लागेको क्रिकेट रंगशाला बन्यो भने कर्णालीको आर्थिक समृद्धि खेल पर्यटनबाट गर्न सकिन्छ भन्ने हो’ ‘नेता शर्माले भने,’ ‘अब बरु यसको लागि कर्णालीमा ठुला लगानीका होटेल व्यवसायीलाई लगानीको लागि म अनुरोध गर्दछु ।’
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि अपुग बजेट कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सदनबाट माग गर्ने समेत उल्लेख गरे । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा सम्भव छ ? भन्ने प्रश्नमा नेता शर्माले कर्णालीमा बन्दै गरेको खेल पूर्वाधार समयसीमा भित्र सम्पन्न भए १० औं खेलकुद प्रतियोगिता आफै कर्णालीमा घुमेर आउने बताए ।
रंगशाला अनुगमन फोटोमा हेर्नुहोस् ।
झिल्को खबर । २ जेष्ठ २०८०, मंगलवार १५:५०