संविधान दिवसको अबसरमा प्रदेश प्रमुख परियारको शुभकामना सन्देश

सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले संविधान दिवश २०८० को अबसरमा शुभकामना सन्देश दिएका छन् ।

प्रदेश प्रुमख परियारले जारी गरेको शुभकामना सन्देशमा अगाडी भनिएको छ ‘नेपालको इतिहासमा पहिलो पटक जनप्रतिधिले संविधानसभाबाट वि.स.२०७२ असोज ३ गते संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गरी जारी गरिएको ऐतिहासीक उपलब्धीको सम्झना र सम्मान स्वरुप संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका कर्णाली प्रदेशवासी लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति प्रगति र समृद्धिका साथै राष्ट्रिय एकता ,अखण्डता , सहकार्य एवं आपसी सद्भाव कायम हुन सकोस भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

 

अहिलेको संविधान ल्याउनको लागि झण्डै सातदशक नेपाली जनताको एकता–संघर्ष–त्याग बलिदानबाट संघियता ,धर्मनिरपेक्षता ,समानुपातिक ,समावेशीता र गणतन्त्र प्राप्त चार उपलब्धीको रक्षा ,व्यवहारमा प्रयोग गर्दै सुशासन , सामाजीक न्याय र समुद्धिका लागी अघि बढन अपरिहार्य भएको भन्दै प्रदेश प्रमुख परियारले देशमा विद्यमान जाति , आदिवासी ,जनजाति , महिला , दलित ,मधेशी , उपेक्षित क्षेत्रका जनसमुदाय लगायत जातिय, भाषिक, सांस्कृतिक विविधतामा एकता कायम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गुर्न पर्नेमा जोड दिएका छन् ।
नेपालमा गणतन्त्र,संविधान जारी पछि तिन तहका सरकारहरु संचालनमा आएदेखी जनताको घरदैलोमा सरकार सहजै पुग्न सफल भएको उल्लेख गर्दै संरचनाहरु संस्थागत र सुदृढ हुदै गएका छन । उनले भनेका छन् ।’

‘संविधानले परिकल्पना गरेको सामाजीक न्यायमा आधारित समतामुलक समाजको परिकल्पना बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढीरहेको छ,’ ‘प्रदेश प्रमुख परियारले शुभकामना सन्देशमा भनेका छन्, ‘सरकारले संचालन गरेको भ्रष्ट्राचार उन्मुलन अभियानले सफलता हासिल गरोस शुभकामना छ ।’

‘अन्तमा , लामो संघर्ष, सशस्त्र जनयुद्ध ,शान्तिपुर्ण आन्दोलन र जातिय , क्षेत्रिय , लिङ्गिय ,दलित लगायतका मुक्ति आन्दोलनमा सहभागी भई आफनो अमुल्य जीवन देश र जनताप्रति समर्पित गरी वलिदान दिने ज्ञात अज्ञात महान शहिदहरुप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछु प्रमुख परियारले भनेका छन्,’ ‘जेल जिवन बिताउने, वेपत्ता योध्दा ,घाइतेहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । पुन ः संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को सुखद अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

यस्तो छ प्रदेश प्रमुख परियारले दिएको शुभकामना सन्देश