युवा नेता साउँद पूर्व मुख्यमन्त्री शाहीसँगै भुकम्प प्रभावित क्षेत्रमा

सुर्खेत । नेकपा (माओवादी केन्द्र)सुदूरपश्चिम प्रदेशका युवा नेता दीपक साउँद कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीसँगै भुकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट राहत सामाग्रि सहित पूर्व मुख्यमन्त्री शाहीसँग भुकम्प प्रभावित क्षेत्रमा पुगेका नेता साउँदले तत्कालको लागि केहि खाद्यन्न र टेन्ट उपलब्ध गराइएको बताए ।

भुकम्प प्रभावित क्षेत्रको समस्या दिर्गकालिन रुपमा सामाधान गर्नको लागि नेकपा (माओवादी केन्द्र)का उप महाससचिव शक्ति बहादुर बस्नेत, पूर्व अर्थ मन्त्री एवं नेकपा (माओवादी केन्द्र)का उप महासचिव जनार्दन शर्मा, युवा नेता महेन्द्र बहादुर शाहीसँग छलफल गरिएको बताए ।

‘महा विपत्तिको बेला सबैले आफ्नो आफ्नो तवरबाट सहयोग गरिरहेको बेला भुकम्प प्रभावित क्षेत्रका तत्कालिन समस्याहरु कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी उक्त समस्या समाधानको लागि सरकारलाई समेत अनुरोध गर्छौ, ‘नेता साउँद भने,’ ‘अहिले सुदूरपश्चिमको तर्फबाट भएको सहयोग उपलब्ध गराएर त्यहाँ फिल्डमा देखिएका समस्याका विषयमा पनि थप पहल हुनेछ ।’

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले सुदूरपश्चिम प्रदेशको तर्फबाट राहत सामाग्रि सहित उपस्थित भएर स्थानीय स्तरको समस्या समाधानको लागि कर्णाली प्रदेशसँगै हातेमालो गरेकोमा नेता साउँदलाई धन्यवाद व्यक्त गरे ।