सेना परिचालन होइन, लुटपाट र आगजनी नियन्त्रणमा सहयोग गर्न गएको होः सैनिक प्रवक्ता

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा सेना परिचालन नभएको, तर आगजनी र लुटपाटजस्ता घटना भएका कारण त्यसको नियन्त्रणका लागि प्रहरीलाई सघाउन टोली गएको प्रष्टीकरण दिएको छ।

‘कोटेश्वर जडिबुटी क्षेत्रमा भएको आगजनी र लुटपाटको घटना नियन्त्रणका लागि सहयोगी भूमिकामा सैनिक टोली गएको हो। यो सेना परिचालन भएको भन्ने अर्थमा लिनु हुँदैन, त्यो होइन’ सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले झिल्कोखबरसँग भने।

यो कार्य सेनाको आधारभूत कर्तव्यभित्रै परेको र सैनिक इलाकाको आसपासमा घटना नियन्त्रणका लागि सहयोगी भूमिकामा सेना गएको उनले जानकारी दिए।