पौष १५ गते शुभ होटल सुर्खेतमा इब्सलसँगै खगेन्द्र र बालचन्द्र आउदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको स्टार होटल शुभमा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा आयोजना हुने साँङ्गेतिक साँझ कार्यक्रमको लागि यहि पौष १५ गते चर्चित लाइफ दोहोरी गायीका इब्सल संज्यालसँगै खगेन्द्र न्यौपाने र बालचन्द्र बराल आउने भएका छन् ।

हरेक नयाँ अंग्रजी बर्षमा साँङ्गेतिक कार्यक्रमको आयोजना गर्दै आएको शुभ होटेलले यस बर्षको अंग्रेजी नयाँ बर्ष २०२४ मा कर्णाली प्रदेशको आफ्नै मौलिक कला संस्कृतिलाई जर्गेना गर्ने उदेश्यले लोकदोहोरी साँझसँगै विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको शुभ होटलका संचालक मानब बमले जानकारी दिए ।

शुभ होटल सुर्खेतले न्यु एयर इभ कार्यक्रमकालागि लाइभ लोकदोहोरी चर्चित गायिका इब्सल संज्याल, गायक वालचन्द्र वराल , र खगेन्द्र न्यौपाने आउने बताएको छ । सोहि दिन स्थानीय कलाकार लगायतले प्रस्तुति रहने छ ।

इब्सल संज्याल पछिल्लो समयको चर्चित लाइभ लोक दोहोरी तथा देउडा गायिका हुन् भने खगेन्द्र गायकसँगै कर्णाली प्रदेशको पहिलो नेपाली खस चलचित्र पालकलीका निर्माता समेत हुन् ।

शुभ होटलका संचालक मानव वमले सुर्खेतबासीलाई अंग्रेजी नयाँ बर्ष इभ’२०२४ मा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आफ्नै प्रदेशको चर्चित लोक गायक गायिकालाई निमन्त्रणा गरेको बताए । उक्त कार्यक्रमको दिन सांस्कृतिक कार्यक्रमका लागि टिकटमा आकर्षक छुट सहितका विभिन्न प्याकेजको व्यवस्था होटलले गरेको छ ।

पौष १५ गते गर्न लागेको साँङ्गेतिक कार्यक्रमको लागि प्रति व्यक्ति एक हजार ५ सय रुपैयाँ टिकट तोकिएको छ भने १२ वर्ष भन्दा मुनिका बालबालिकालाई प्रतिव्यक्ति एक हजार तोकिएको छ । ‘यस्तै अग्रीम टिकट वुुक गर्नेलाई थप ५ सय रुपैयाको छुटको व्यवस्था गरिएको होटेले जनाएको छ ।
कर्णाली प्रदेशमा स्थानीय व्यवसायीहरुले संचालनमा ल्याएको पहिलो स्टार शुभ होटल हो ।