कर्णालीका जनप्रतिनिधिहरुलाई नागरिक अधिकार

सुर्खेत । कर्णालीका जनप्रतिनिधिहरुलाई नागरिक अधिकारका विषयमा जानकारी गराइएको छ ।

नागरिकका हक तथा अधिकारको विषयमा छलफल गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कोक्याप र Dignity Initliative को आयोजनामा नागरिक अधिकार विषयक प्रदेश स्तरीय कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रममा नागरिक ता लोकतान्त्रिक अधिकारका विषयमा छलफल गरिएको थियो । संगठित हुन पाउने, शान्तिपूर्ण भेला हुन पाउने , अधिव्यक्ति स्वतन्त्रताका अधिकारहरु संविधानले प्रदान गरेका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा प्रदेश सांसद रणसिंह परियारले नागरिक अधिकारका लागि संविधान प्रदत्त अधिकारहरुको व्यवस्था भएतापनि व्यवहारमा सबै अधिकारहरु कार्यान्वयन हुन नसकेको बताए । उनले कर्णाली प्रदेशमा जातीय विभेदका घटनाहरुको बढी सामना गर्नुपरेको अवस्था रहेको बताए ।

जातीय मुद्धालाई बालविवाहको विषय बनाउने अवस्था अहिले पनि कायम रहेको उनको भनाई थियो । कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरुको साथै कर्णाली प्रदेशसभाका सांसदहरुको सहभागिता रहेको थियो ।