पहिलो राष्ट्रिय ई स्पोर्टसमा अधिकारिक उपकरण साझेदार बन्यो,’टेक्नो पोभा ६’

सुर्खेत । ई–स्पोर्ट्स संघ नेपाल (इसान) ले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना गर्ने प्रथम राष्ट्रिय ई–स्पोर्टस च्याम्पियनसिपका लागि ‘टेक्नो पोभा ६’आधिकारिक उपकरण साझेदार भएको छ ।

इसानले असार १४ र १५ मा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गर्ने च्याम्पियनसिपका लागि पोभा ६ आधिकारिक उपकरण साझेदार भएको हो । पब्जी मोबाईल, मोबाईल लिजेन्ड्सः ब्यांङ्ग ब्याङ्ग (एमएलबीबी) र ई–फुटबल जस्ता खेलहरू खेलिने च्याम्पियनसिपको पुरस्कार राशी(प्राइज पुल) १२ लाख तोकिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार टेक्नो पोभा ६ का उपकरणहरू प्रयोग गरेर प्रतियोगितामा असार १४ गते अनलाइन प्रारम्भिक छनोट र असार १५ मा हुने सेमिफाइनल र फाइनल खेल भौतिक रुपमा सञ्चालन गरिनेछ।

टेक्नो पोभा–६ मा २५६ जिबी ROM कासाथ २४ जिबी RAM सुपरमेमोरी, Media tek helio जि९९, ६००० MAH ब्याट्रीर, ७० वाट अल्ट्राचार्जछ, १०८MP डुअलरियरक्यामेरा रहेको कम्पनीले जनाएको छ ।

टेक्नो मोबाइल फोनको आधिकारिक राष्ट्रिय वितरक महालक्ष्मी मोबाइल्सले नेपालको पहिलो आधिकारिक गेमिङ फोनको रुपमा जुन १६ मा टेक्नो पोभा ६ सार्वजनिक गरेको थियो। यस अघि पनि टेक्नो स्पार्क २० प्रो प्लस को रिलिजले नेपालमा निकै लोकप्रियता पाएको थियो