शहिद पार्क पुगेर मुख्यमन्त्री कंडेलले मरेकाले जिउँदालाई दुख दिएको भन्ने भनाइ प्रति, नेता शर्माको आपत्ति

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले माओवादी जनयुद्वको आधार इलाका मानिने रुकुम पश्चिमको एक शहिद पार्कमा पुगेर मरेकाले जिउँदालाई दुख दिएको भन्ने भनाइ प्रति कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व मुख्यमन्त्री । राजकुमार शर्माले आपत्ति जनाएका छन् ।

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पाचौं अधिवेशनको पहिलो बैठकमा बोल्दै नेता शर्माले मुख्यमन्त्री कंडेलको उक्त भनाइ प्रति आपत्ति जनाउँदै उमेरले पाका,भरपुर क्षमता भएका मुख्यमन्त्रीलबाट यस्तो भनाई आएकोमा आफुलाई दया लागेर आएका बताए ।

विगतका दिनमा मुख्यमन्त्री कंडेलले कर्णाली विकासका लागि जसरी कुरा राख्नु हुन्थ्यो आज उहाँको व्यवाहार देख्दा झन दया लागेको भन्दै नेता शर्माले मुख्यमन्त्री कंडेललाई आफ्नो इतिहाँस नविर्सिन ध्यानकर्षण गराए ।

कसैले कसैको इतिहाँसलाई अपमानित हुँने गरी हेपेर नबोल्न भन्दै उनले नेकपा एमालेले संवैधानिक राजतन्त्रको सिद्धान्त छाडेर कहिले यो बाटोमा आएको एक पटक स्मरण गर्न आग्रह गरे । नेपालका सबै राजनैतिक दलको इतिहाँस सशस्त्र संघर्ष गरेरै यहाँसम्म आएको भन्दै नेता शर्माले लडाईको मैदान तापेतौले जस्तो नहुँने बताए ।
सरकारले प्रमुख प्रतिपक्षदलको कुरा सुनेन भने उमेरले काँचा भए पनि आफ्नो कार्य योजना अनुसार अगाडी बढ्ने भन्दै सरकारले प्रतिपक्षीदललाई सामान्य तरिकाले नलिन ध्यानकर्षण गराए ।