मैले कर्णालीमा गरीबी देखिन

बिराममा पनि आराम नगर्ने मेहिनेती किसानहरु देखें
भोक भोकै भेडा चराउदै गरेका गोठालाहरु देखें
देखें सडक बनाउदै गरेका नाङ्गा शरीरहरु पनि
यी सबै केही न केही फलाई रहेका थिए
केही न केही जोडी रहेका थिए
त्यसैले होला,
मैले कर्णालीमा गरीबी देखिन
अँह मैले कर्णालीका कुना कुनामा कही कतै गरीबी देखिन।

गरीबी त बरु शहरका ठुला मन्त्रालयहरुमा थियो
जहाँ दस बिस प्रतिसत कमिसन खाने मानबहरुको
मन र मानबताको गरिवी गेट बाहिरैसम्म प्रष्ट देखिन्थ्यो ।।

त्यसैले होला,
मैले कर्णालीमा गरीबी देखिन
अँह मैले कर्णालीका कुना कुनामा कही कतै गरीबी देखिन।

 

डा. केसी जुम्लाबाट डोल्पाको यात्राको क्रममा जादा गुठीचौरमा भेडा चराउदै गरेका गोठालालाई देखेर लेखिएको कविता हो ।